छायाँनाथ राराको मेयरमा दुई पूर्ववडा अध्यक्षसहित पाँच जनाको प्रतिस्पर्धा

छायाँनाथ राराको मेयरमा दुई पूर्ववडा अध्यक्षसहित पाँच जनाको प्रतिस्पर्धा

केन्द्रबिन्दु
0
Shares

स्थानीय तह निर्वाचन आउन एक साता बाँकी रहेका बेला उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार र कार्यकर्ता मतदाताको घरघरमै पुगेर आफूलाई मत दिन आग्रह गरिरहेका छन् ।  

छायाँनाथ रारा नगरपालिकाको मेयरमा पाँचजना प्रत्यासी छन् । छायाँनाथ रारा नगरपालिकामा कांग्रेस, एमाले, माओवादी, जनता समाजवादी र स्वतन्त्र गरी पाँच जनाको उम्मेदवारी परेको छ ।

जसमध्ये वडा नं ४ का निवर्तमान वडा अध्यक्ष तथा कांग्रेस  विष्णुकुमार भाम र वडा नं ५ का निवर्तमान वडाध्यक्ष तथा एमाले उम्मेदवार डम्बरबहादुर रावल मेयरका लागि चुनावी मैदानमा उत्रिएका छन् । 
 

Logo