निर्वाचनलाई भयरहित रूपमा सम्पन्न गर्न सञ्चार क्षेत्रले योगदान पुर्‍याउनु पर्छ: राष्ट्रपति भण्डारी

निर्वाचनलाई भयरहित रूपमा सम्पन्न गर्न सञ्चार क्षेत्रले योगदान पुर्‍याउनु पर्छ: राष्ट्रपति भण्डारी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्या भण्डारीले आसन्न स्थानीय तह निर्वाचनलाई स्वतन्त्र एवम् भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सञ्चार क्षेत्रले योगदान पुर्‍याउनुपर्ने बताउनुपर्ने बताएकीछन् ।

राष्ट्रपति भण्डारीले निष्पक्ष सूचना सम्प्रेषणको माध्यमाबाट सञ्चार क्षेत्रले स्थानीय तह निर्वाचनलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि योगदान पुर्‍याउनुपर्ने बताएकी हुन् । राष्ट्रिय पत्रकारिता दिवस–२०७९ को अवसर पारेर शनिवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहमा बोल्दै उनले जिम्मेवार पत्रकारिताको माध्यमाबाट नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई व्यवहारिकरूपमा साकार तुल्याउने काममा पनि सञ्चार क्षेत्रले सफलता पाउने विश्वास गरिन् ।

राष्ट्रपति भण्डारीले जिम्मेवार, सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणको माध्यमाबाट मात्रै पत्रकारिता क्षेत्रको विश्वसनीयता कायम हुने पनि स्पष्ट पारिन । उनले भनिन, ‘यसबेला हामी स्थानीय तह निर्वाचनको संघारमा उभिएका छौँ । आवधिक निर्वाचनमार्फत जनताले छानेका प्रतिनिधिबाट विधिको शासन सञ्चालन हुनु नै लोकतान्त्रिक प्रणालीको आधारभूत मान्यता हो । तसर्थ, आसन्न स्थानीय निर्वाचनलाई स्वतन्त्र एवम् भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाली प्रेस जगतले निष्पक्ष सूचना सम्प्रेषणको माध्यमाबाट योगदान पुर्‍याउनु पर्दछ। जिम्मेवार पत्रकारिताको माध्यमाबाट नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई व्यवहारिकरूपमा साकार तुल्याउने काममा सफलता प्राप्त हुने कुरामा मैले विश्वास लिएको छु।’

समारोहमा बोल्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारलाई मुलुकको कानुनी शासन र सुशासनको बाटोमा सरकारलाई हिँडाउन बाध्य पार्न सञ्चार क्षेत्रलाई आग्रह गरेका छन् । उनले सरकारले संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको रक्षा मात्रै नभई सम्वर्द्धन गर्दै लैजाने प्रतिबद्धता पनि दोहोर्‍याए ।

मन्त्री कार्कीले भने,  ‘सरकारलाई कानुनी शासन र सुशासनको बाटोमा हिँड्नका निमित्त तपाईँहरूले आग्रह मात्रै होइन, बाध्य गराउने परिस्थितिको पनि सृजना गर्नुहोस् । त्यसको वर्तमान सरकारले स्वागत गर्दछ । र, सरकारले संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई रक्षा मात्रै होइन, सम्वर्द्धन गर्दै अघि बढ्नेछ ।’

समारोहमा राष्ट्रपति भण्डारीले पत्रकारहरूलाई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान पनि गरेका थियो । 

Skip This
Skip This
Logo