देशभर स्थानीय तह निर्वाचन सुरु, मतदाताकाे उत्साहजनक सहभागीता

देशभर स्थानीय तह निर्वाचन सुरु, मतदाताकाे उत्साहजनक सहभागीता

केन्द्रबिन्दु
0
Shares

स्थानीय तहको निर्वाचन केहीबेर अघि सुरु भएकाे छ। बिहान ७ बजेदेखि मतदान सुरु भएकाे हाे। अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ। मतदाताहरू बिहानैदेखि लाइनमा बसेका छन् ।

आज हुने निर्वाचनमा कूल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेको आयोगले जनाएको छ। निर्वाचन आयोगमा सूचीकृत मतदाताले मतदाता परिचय पत्र नभए अन्य सरकारी कागजातले पनि मतदान गर्न सकिने व्यवस्था गरिएको छ।

निर्वाचनमा पुरुष मतदाता ८९ लाख ९२ हजार १० जना र महिला मतदाता ८७ लाख ४१ हजार ५३० जना रहेका छन् । 

६ महानगरपालिका ११ उपमहानगरपालिका २७६ नगरपालिका र ४६० गरि ७५३ स्थानीय तहमा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार ३५ हजार २२१ जना निर्वाचित हुनेछन् । 

आयोगका अनुसार देशभर १० हजार ७५६ मतदानस्थल रहका छन् भने २१ हजार ९५५ मतदान केन्द्र कायम गरिएको छ । 

निर्वाचनमा १ लाख ०९ हजार ०८८ हजार कर्मचारी तथा निर्वाचमा ६५ हजार ८६५ स्वंसेवक खटिएका छन् भने ५ हजार पर्यवेक्षक हुने आयोगले जनाएको छ। 

काभ्रेकाे बेथाञ्चोक गाउँपालिका स्थित पार्वती माबि मतदान केन्द्रमा मतदाताहरू ।

तस्बिरः सराेज अधिकारी

Skip This
Skip This
Logo