मतदानपछि रेनु दाहालले भनिन् – ‘जित्नेमा शत प्रतिशत ढुक्क छु’

मतदानपछि रेनु दाहालले भनिन् – ‘जित्नेमा शत प्रतिशत ढुक्क छु’


भरतपुर महानगरपालिकाकी मेयरकी उम्मेदवार रेनु दाहालले भरतपुर महानगरपालिकामा रहेको मतदान स्थलबाट स्थानीय निर्वाचनको मतदान गरेकी छन् ।

मतदान गरेपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले जनताले विगतको कामका मूल्यांकन गरेर आफूलाई जिताउनेमा विश्वस्त रहेको बताइन् । मेयरकी उम्मेदवार उनले आगामी दिनमा भरतपुरको समृद्धिका लागि पनि आफूलाई मतदाताले जिताउने बताइन् । उनले जितपछि भरतपुरलाई देशकै नमुना सहर बनाउने पनि घोषणा गरिन् ।

मेयरकी उम्मेदवार दाहालले भनिन्, ‘हामी संघीयतापछिको दोस्रो स्थानीय तहको निर्वाचनमा छौँ । जनताले विगतको कामको मूल्यांकन र भरतपुरको आगामी समृद्धिको लागि मलाई जिताउनुहुनेछ । भरतपुर देशको एउटा नमुना सहर बनाउने कुरालाई बुझेर त्यो उद्देश्यका साथ मेरो उम्मेदवारी हो । गठबन्धनले जित्नेमा म शत प्रतिशत ढुक्क छु ।’

दाहाल सत्ता गठबन्धनमा माओवादी केन्द्रको तर्फबाट भरतपुर महानगरपालिकाको लागि प्रमुखमा उम्मेदवार हुनुहुन्छ । उनको मुख्य प्रतिस्पर्धीको रूपमा नेकपा एमालेबाट विजय सुवेदी र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल रहेका छ । देशवासीले भरतपुर महानगरपालिकाको निर्वाचनलाई मुख्य चासोका साथ हेरेका छन् । 

Logo