बोरुसिया डटमण्ड च्याम्पियन्स लिगको फाइनलमा

बोरुसिया डटमण्ड च्याम्पियन्स लिगको फाइनलमा

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । जर्मनी क्लब बोरुसिया डटमण्ड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा पिएसजीलाई १-० गोल अन्तरले पराजित गर्दै समग्रमा २-० को नतिजा सहित फाइनलमा पुगेको हो । डटमण्डको जितमा खेलको ५०औं मिनेटमा माट्स हुमेल्सले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यस अघि पहिलो लिगमा पनिडटमण्डले पिएसजीलाई १-० गोल ले नै पराजित गरेको थियो । डटमण्ड तेस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । यस अघि एक पटक १९९७ मा च्याम्पियन्स लिग जितेको डटमण्ड त्यसपछि २०१३ मा फाइनलमा पुगेर पराजित भएको थियो ।

डटमण्डले अब फाइनलमा रियल म्याड्रिड र बायर्न म्युनिखबीचको विजेतासँग खेल्ने छ ।
 

Skip This
Logo