सप्तरीको डाक्नेश्वरीमा आइतबार मात्र मतदान हुने

सप्तरीको डाक्नेश्वरीमा आइतबार मात्र मतदान हुने

केन्द्रबिन्दु
0
Shares

सप्तरीको डाक्नेश्वरीमा स्थगित भएको मतदान जेठ १ गते (आइतबार)  हुने भएको छ । डाक्नेश्वरी नगरपालिका २ स्थित हिररबा मावि मतदान केन्द्रमा १ जेठमा मतदान हुन लागेको हो ।  

मतदान अधिकृत कुटिएपछि त्यहाँको मतदान रोकिएको थियो । रोकिएको मतदान आजै पुनः नहुने अवस्था भएपछि अर्को दिन मतदान गर्ने गरी स्थगित भएको हो । 

सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार सर्वपक्षीय छलफलपछि १ जेठमा मतदान गर्ने निर्णय गरिएको बताए । एक अशक्त महिलाले मतदान अधिकृतलाई मत हाल्न दिएकी थिइन् । तर, मत हाल्दा आफूले भनेको भन्दा अन्यत्रै हालेको भन्दै विवाद सुरु भएको थियो । 

विवादपछि एक समूहले मतदान अधिकृतमाथि कुटपिट गरेका थिए । मतदान अधिकृतमाथि कुटपिट भएपछि मतदान रोकिएको थियो । 

Skip This
Skip This
Logo