रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटिएको छ। प्रहरीका अनुसार यमुनामाई गाउँपालिकाको दुई वटा मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो।
चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा २ को भेडियाही टोलीबाट मपेटिका लुटिएको प्रहरीले जनाएको छ।
स्थानीय पत्रकार अभिमन्यु पटेलले मतपेटिका लुटेर भाग्दै गरेको तस्बिर सार्वजनिक गरेका छन्। उनीहरु मतपेटिका लुटेर खेतैखेत भागेको पत्रकार पटेलले उल्लेख गरेका छन्।































प्रतिक्रिया