सबै महानगरपालिकामा बिहान ८ बजेदेखि मतगणना सुरु हुने

सबै महानगरपालिकामा बिहान ८ बजेदेखि मतगणना सुरु हुने

केन्द्रबिन्दु
0
Shares

देशका सबै महानगरपालिकामा आज विहानबाट मतगणना सुरु हुँदैछ। काठमाडौं महानगरपालिकामा बिहान ८ बजेदेखि मतगणना हुने जनाइएको छ भने ललितपुर महानगरपालिकामा बिहान ७ बजेदेखि हुनेछ। 

काठमाडौं महानगरपालिकाको मतगणनान गणनास्थलमा राखिने प्रतिनिधि संख्यामा विवाद भएपछि राती सुरु हुन सकेको थिएन। प्रतिनिधिको संख्या मिलेपछि बिहान ८ बजेबाट सुरु गरिन लागिएको हो। 

भरतपुर महानगरपालिकामा पनि बिहान ८ बजेपछि मतगणना सुरु गरिने सहमति भएको छ। 

विराटनगरमा बिहान ८ बजेदेखि मतगणना सुरु हुनेछ। पोखरा महानगरपालिकामा बिहानदेखि मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ। 

Skip This
Skip This
Logo