भक्तपुर अपडेट: मध्यपुरमा कांग्रेस र सूर्यविनायकमा एमालेको अग्रता

भक्तपुर अपडेट: मध्यपुरमा कांग्रेस र सूर्यविनायकमा एमालेको अग्रता

केन्द्रबिन्दु
0
Shares

भक्तपुरका दुई स्थानीय तह ​मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकामा मत गणना सुरु भएको छ । हालसम्मको प्राप्त मतपरिणाम अनुसार मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसको अग्रता रहेको छ । नगर प्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठले २१७ मत र नेकपा एमालेका मदन सुन्दर श्रेष्ठले १४९ मत ल्याएका छन् ।

त्यसैगरी उपमेयरमा एमालेको १७२ मत र गठबन्धनले १५२ ल्याएका छन् ।

त्यस्तै सुर्यबिनायक नगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार वासुदेव थापाको अग्रता रहेको छ । थापा र उप प्रमुखकी एमाले उम्मेदवार सरिता भट्टराईले बराबर  १९७ मत ल्याएका छन् । यता कांग्रेसका मेयरका उम्मेदवार निसान ढुंगेलले ६३ मत तथा उप प्रमुखमा गठबन्धनका तर्फबाट नेकपा एसका श्यामसुन्दर बस्नेतले १५ मत ल्याएका छन् ।

Skip This
Skip This
Logo