भक्तपुरको चाँगुनारायण नगरपालिकामा एमालेले अग्रता लिएको छ ।
शनिबार बिहानबाट सुरु भएको मतगणनामा चाँगुनारायण नगरपालिका-१ को मत गन्दा एमालेले अग्रता लिएको हो । मतगणना अनुसार एमालेका मेयर पदका उम्मेदवार बिना बास्तोलाले २ सय ३८ मत प्राप्त गरेकी छन् ।
यस्तै नेपाली कांग्रेसका मेयरका उम्मेदवार जीवन खत्रीले २ सय २५ मत पाएका छन् । उपमेयरमा एमालेका रमेश बुढाथोकीले २ सय ४० र नेपाली कांग्रेसकी सुभद्रा काफ्लेले १ सय २६ मत पाएकी छन् । वडाध्यक्षमा एमालेका उम्मेदवारले २ सय ५८ पाउँदा कांग्रेसका उम्मेदवारले २ सय २४ मत ल्याएका छन्।































प्रतिक्रिया