जिल्लाको भुम्लु गाउँपालिकाको वडा नं १ मतगणनामा गठबन्धका उम्मेदवारहरु अगाडि रहेका छन् ।
वडा नं १ को ९९२ मत गणना हुँदा गाउँपालिकामा गठबन्धन अगाडि रहेको छ। गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धनतर्फका उम्मेदवारले ४५६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवारले ३८० मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्ष पदमा पनि गठबन्धनकै अग्रता छ। उपाध्यक्ष पदमा गठबन्धनका उम्मेदवारले ४८० मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवारले २९१ मत प्राप्त गरेका छन् ।
वडा अध्यक्ष पदमा पनि गठबन्धन अग्रस्थानमा छ। गठबन्धनतर्फका उम्मेदवारले ५५५ मत पाएका छन् भने एमालेका उम्मेदवारले २९१ मत पाएका छन् ।































प्रतिक्रिया