काभ्रेको १३ वटा स्थानीय तह मध्ये धुलिखेल नगरपालिका १ मा नेपाली कांग्रेसले विजयकाे खाता खोलेको छ। धुलिखेल नगरपालिका १ देवीटारमा कांग्रेसका तर्फबाट वडाध्यक्ष उम्मेदवार रहेका सन्तबहादुर लामा विजयी भएका हुन् ।
कांग्रेस उम्मेदवारले ५७३ मत प्राप्त गरे भने एमालेका बाबु तामाङले ४६७ मत प्राप्त गरेका छन् । कुल १६ सय १ मतदाता रहेकोमा १२ सय ६९ मत खसेको थियो ।
यसै वडाबाट स्वतन्त्र उम्मेदवार बिदुर बस्नेतले ५७२ मत प्राप्त गरे भने एमालेका अशोक ब्याञ्जुले ४६७ मत मात्रै प्राप्त गरेका छन् ।
उपमेयरमा यस वडाबाट कांग्रेस उम्मेदवार निराजन जंगमले ५८७ मत प्राप्त गरेका छन् भने एमालेका लालताराले ४८२ मत प्राप्त गरेकी छन् । यस भन्दा अगाडि यस वडामा एमालेले जितेको थियो ।































प्रतिक्रिया