पत्रकारिता छाेडेर उम्मेदवारी दिएका तिमल्सिनाले काभ्रेकाे बेथानचोकबाट जिते वडाध्यक्ष

पत्रकारिता छाेडेर उम्मेदवारी दिएका तिमल्सिनाले काभ्रेकाे बेथानचोकबाट जिते वडाध्यक्ष

केन्द्रबिन्दु
0
Shares

काभ्रेकाे बेथानचोक गाउँपालिकामा कांग्रेसले विजय सुरुवात गरेको छ।

बेथानचोक गाउँपालिका वडा नं १ को वडाध्यक्षमा मधुसुदन तिमल्सिना विजयी भएका हुन्। वडा नं १ मा कांग्रेसको प्यानल नै विजयी भएको हो।

उनले एमालेका निकटतम प्रतिद्वन्द्वी डण्डप्रसाद दाहाललाई ९ मतले पराजित गर्दै विजयी भएका हुन्। विजयी मधुसुदन तिमल्सिनाले ५०७ मत प्राप्त गर्दा डण्डप्रसाद दाहालले ४९८ मत ल्याए।

विजयी मधुसुदन तिमल्सिना लामो समयदेखि पत्रकारिता पेशामा संलग्न थिए । पछिल्लाे समय उनी जिल्लाकाे मध्यमार्ग साप्ताहिक र गाेरखापत्र दैनिकमा जिल्ला संवाददाताकाे रूपमा कार्यरत थिए ।

Skip This
Skip This
Logo