बैतडीको डिलाशैली गाउँपालिका-१ र २ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
१ मा कांग्रेसका कृष्णकुमार धामी ७ सय ७० मतसहित र २ मा एमालेका नवराज घरडी ६ सय ४३ मतसहित विजयी भएका छन् ।
धामीका प्रतिस्पर्धी एमालेका वीरेन्द्र महराले ४सय ९७ मत मात्र पाए । त्यस्तै, घरडीका प्रतिस्पर्धी कांग्रेसका कृष्ण रानाले ४६९ मतमा चित्त बुझाए ।
गाउँपालिका अध्यक्षमा भने गठबन्धन अगाडि छ । गठबन्धनका लोकेन्द्र राना शीतलले १ हजार २सय ६४ मत पाउँदा एमालेका अक्कलबहादुर रानाले १ हजार १ मत ल्याएका छन् । मतगणना जारी छ।































प्रतिक्रिया