काभ्रेकाे नमोबुद्ध वडा नं. १ मा स्वतन्त्र उम्मेदवार विजयी, मेयरमा गठबन्धनकाे अग्रता

काभ्रेकाे नमोबुद्ध वडा नं. १ मा स्वतन्त्र उम्मेदवार विजयी, मेयरमा गठबन्धनकाे अग्रता

केन्द्रबिन्दु
0
Shares

काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. १ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नमोबुद्ध वडा नं. १ मा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका प्रेम लामासहितको टिम विजयी भएको नमोबुद्ध निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जेव्रा चिन्ह लिएर उठेका लामाले ५५६ मत प्राप्त गरि विजयी भए । उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले ४१९, कांग्रेसका उम्मेदवारले २०८, माओवादीका उम्मेदवारले ९६ र कलमका उम्मेदवारले ६१ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ। 

नमोबुद्ध १ बाट गठबन्धनका मेयर उम्मेदवार कुन्साङ लामालाई ६२३ र एमालेलाई ५८१ मत प्राप्त भएको छ । उपप्रमुखमा गठबन्धनका उम्मेदवार माओवादीका रत्न लामालाई ३९६ र एमालेका उपप्रमुखलाई ६७८ मत प्राप्त भएको निर्वाचन कार्यालय नमोबुद्धले जनाएको छ।

Skip This
Skip This
Logo