नवलपुरको बौंदीकाली गाउँपालिकामा एमाले विजयी

नवलपुरको बौंदीकाली गाउँपालिकामा एमाले विजयी

केन्द्रबिन्दु
0
Shares

नवलपुरको बौंदीकाली गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् । एमालेका प्रकाश ओझाले कांग्रेसका खड्कबहादुर रानालाई ४ सय ३५ मतान्तरले पराजित गरेका हुन् । ओझाले ३ हजार ९ सय ७६ मत पाउँदा रानाले ३ हजार ५ सय ४१ मत पाए ।

उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार विजयी भएकी छिन् । एमालेकी डिलकुमारी खेसीले ३ हजार ९ सय ६२ मत ल्याएर विजयी हुँदा कांग्रेस उम्मेदवार धनकान्ती घिमिरेले ३ हजार ५६ मत मात्रै पाइन् । यसअघि यहाँ कांग्रेसले जितेको थियो ।

Logo