ललितपुर महानगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका बागी उम्मेदवार निर्मल तन्डुकार विजयी भएका छन् । तन्डुकारले ६६१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी गठबन्धनतर्फबाट कांग्रेसका उम्मेदवार धुर्व तन्डुकारले ४२५ मत प्राप्त गरेका छन् ।
यसैबीच ललितपुर महानगरमा गठबन्धनतर्फबाट मेयरका प्रत्याशी कांग्रेसका चिरिबाबु महर्जनले ८७७ मत प्राप्त गरेका छन् भने एमालेका हरिकृष्ण व्यञ्जनकारले ४०२ मत प्राप्त गर्दै महर्जनलाई पछ्याएका छन् । त्यस्तै, उपमेयरमा एमालेका उम्मेदवारले ४४४ मत प्राप्त गरी अग्रता कायम गरेका छन् ।































प्रतिक्रिया