मालिका अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा विजयी

मालिका अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा विजयी

केन्द्रबिन्दु
0
Shares

म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका बेगप्रसाद गर्बुजाले तीन हजार ९१ मत प्राप्त गरी विजयी भएका छन् ।  गाउँपालिकाको उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी पुनले तीन हजार १६७ मत ल्याएर विजयी भएका छन् ।  

अध्यक्षमा नेपाली कांग्रेसका श्रीप्रसाद रोकाले दुई हजार ९७० मत र नेकपा माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीले दुई हजार २२५ मत पाए । उपाध्यक्षमा कांग्रेसको पिपला बुढाथोकीले तीन हजार १३९ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिए ।  

गर्बुजा विसं २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका रोकासँग ८५ मतले पराजित भएका थिए । 

गाउँपालिका अध्यक्षमा १२१ तथा उपाध्यक्षमा २१ मतान्तरले विजयी हुनुभएको हो । १३ हजार २०१ मतदाता रहेको मालिकामा ६७ दशमलव ७६ प्रतिशत अर्थात् आठ हजार ९४६ मत खसेको जनाइएको छ । 

मालिकामा ३७ पदका लागि १४७ चुनामी मैदानमा उत्रिएका थिए । ७ वडा रहेको मालिकामा एमाले र कांग्रेसले ३÷३ वडा तथा माओवादीले एक वडामा विजय प्राप्त गरेको छ । 

Logo