हेटौंडा उपमहानगरमा कडा भिडन्त, गठबन्धनकी मीनाकुमारी लामाको अग्रता कायम

हेटौंडा उपमहानगरमा कडा भिडन्त, गठबन्धनकी मीनाकुमारी लामाको अग्रता कायम

केन्द्रबिन्दु
0
Shares

हेटौंडा उपमहानगरपालिकामा तीन पक्षीय प्रतिस्पर्धा भइरहेको छ । हाल उपमहानगरपालिकाको १, २, १८ र १९ नम्बर वडाको मतगणना जारी छ ।

आठ हजार १५ मतगणना भइसक्दा मेयरमा गठबन्धनबाट एकीकृत समाजवादीकी उम्मेदवार मीनाकुमारी लामाले २३ सय ९१ मत प्राप्त गरेकी छिन् । २३ सय ४९ मतका साथ राप्रपाका दीपकबहादुर सिंह दोस्रो स्थानमा छन् । एमालेका अनन्त पौडेल २१ सय ८२ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।

उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँले ३४ सय ७५ मत प्राप्त गर्दै अग्रता बनाएका छन् । एमाले उम्मेदवार सुमित्रा काफ्ले २६ सय ९९ मत ल्याएर दोस्रो स्थानमा छिन् ।

Logo