पोखरा महानगरपालिका मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार एकीकृत समाजवादीका धनराज आचार्यले १०५ मतको अग्रता लिएका छन्। पोखरा महानगर पालिका वडा नम्बर १, २, १२, २३, २४ को ३ हजार ८ सय मतगणनामा आचार्यले अग्रता लिएका हुन्।
आचार्यले १ हजार ५८५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी कृष्ण थापाले १ हजार ४८० मत प्राप्त गरेका छन्। राप्रपाका शंकर खरालले २२३, स्वतन्त्र गनेश पौडेलले ११८ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १ हजार ६७६ मत प्राप्त गरेकी छन् भने एमालेकी मञ्जु गुरुङले १ हजार ५३२ मत पाइन् । उनीहरूको मत अन्तर १४४ छ। पोखरा महानगरपालिकामा १ लाख ४३ हजार २२६ मत खसेको थियो ।































प्रतिक्रिया