कमलबजारकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

कमलबजारकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी


अछामको कमलबजार नगरपालिका मेयरमा कांग्रेसका यज्ञप्रसाद ढकाल विजयी भएका छन् । उपमेयरमा एमालेका शारदा विष्ट कुँवर विजयी भएकी छन् ।

ढकाल ४ हजार २ सय २८ मतसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेका कटक साउदले ४ हजार ६५ पाए ।

विष्ट ४ हजार ५ सय २८ मतसहित उपमेयर बन्दा कांग्रेसकी गौरी विष्ट भण्डारीले ३ हजार ६ सय ४८ मत प्राप्त गरिन् ।

सात वटा वडामा एमालेले जितेको छ भने दुई वटा वडामा कांग्रेस विजयी भएको छ । एउटा वडमा स्वतन्त्र उम्मेदवार भक्तबहादुर बोहरा विजयी भएका छन् ।

Logo