भरतपुरमा दाहाललाई पछि पार्दै सुवेदी अग्रस्थानमा

भरतपुरमा दाहाललाई पछि पार्दै सुवेदी अग्रस्थानमा


भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहाललाई पछि पार्दै नेकपा एकालेका उम्मेदवार विजय सुवेदी अग्रस्थानमा उक्लिएका छन् ।

मतगणना स्थलबाट प्राप्त पछिल्लो मत परिणाम अनुसार दाहाल भन्दा सुवेदी ३३ मतले अगाडि रहेका छन् ।

दाहालको ३ हजार ८०५ मत रहेको छ भने सुवेदीको मत ३ हजार ८३८ रहेको छ ।त्यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलको १५११ मत रहेको छ ।

यता उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी ४ हजार ३५२ मतसहित अग्रस्थानमा छन् । राप्रपाकी हिमला गुरुङले उनलाई २९९८ मत सहित पछ्याइरहेकी छन् ।

Logo