भरतपुरमा एमालेका सुवेदीको अग्रता कायम, पछिपछि रेनु

भरतपुरमा एमालेका सुवेदीको अग्रता कायम, पछिपछि रेनु

केन्द्रबिन्दु
0
Shares

चितवनको भरतपुर महानगरपालिकामा एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दिएका विजय सुवेदीले अग्रता लिएका छन् । 

स्थानीय तह निर्वाचनको पछिल्लो मतगणनाको विवरणअनुसार तीन हजार ९४४ मत ल्याएर उनले अग्रता लिएका छन् । उनलाई गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेनु दाहालले तीन हजार ८९४ मत ल्याएर पछ्याइरहेकी छन् । 

भरतपुर महानगरपालिकाको १, २ र ३ वडाको जम्मा खसेको ११ हजार ३२८ मतगणनाको नतिजाअनुसार सुवेदीले अग्रता लिइरहेका हुन् । मेयरका स्वतन्त्र जगन्नाथ पौडेलले एक ५७२ मत ल्याएका छन् । सोमबार बिहान ११ वजेबाट ४ नं वडाको मतहरू ८ स्थानमा गणना चलिरहेको छ ।

उपमेयरमा कांग्रेकाका चित्रसेन अधिकारी चार ४७६, राप्रपाकी हिमला गुरुङ ती‍न हजार ७० ल्याएका छन् । 

Skip This
Skip This
Logo