मकालुको अध्यक्षमा कांग्रेसका शेर्पा र उपाध्यक्षमा माओवादीकी राई विजयी

मकालुको अध्यक्षमा कांग्रेसका शेर्पा र उपाध्यक्षमा माओवादीकी राई विजयी


सङ्खुवासभाको मकालु गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मकालु गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका वाङदी शेर्पा तीन हजार १७ मत ल्याएर विजयी भएका हुन् । उनका  निकतम प्रतिद्वन्दी नेकपा एमालेका भरत कटुवालले दुई हजार ४७८ मत प्राप्त गरेका छन् । । कटुवाललाई  ५६९ मतले पछि पार्दै शेर्पा विजयी भएका हुन् ।  

उपाध्यक्षमा गठबन्धनतर्फबाट नेकपा माओवादी केन्द्रका मनकला राईले दुई हजार ७३९ मत ल्याएर विजयी भएका छन् । राईले ७०६ मत अन्तरले पछि पार्दे विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेकी चमेली याम्फुले दुई हजार ३३ मत प्राप्त गरेका छन् ।  

Logo