धनुषाको दुई गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ। जिल्लाको धनौजी गाउँपालिका कांग्रेसको तर्फबाट कांग्रेसका उम्मेदवार राजकुमार साह र लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्षमा कांग्रेसका उम्मेदवार भोगेन्द्र मिश्र विजयी भएका हुन् ।
धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसको उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका राजकुमार साहले ९९ मत अन्तरले विजयी भएका हुन्।
साहले दुई हजार २६२ मत ल्याएरका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जीवेन्द्र झाले २ हजार १६३ मत ल्याएका छन्। त्यसैगरी, उपाध्यक्षमा कांग्रेसकी रामवती देवी मण्डल दुई हजार ४३० मत ल्याएर निर्वाचित भएकी छन्। लोसपाका उपाध्यक्षका उम्मेदवार रन्जिता देवी मण्डलले एक हजार ९०१ मत ल्याएकी हुन् ।
सोमवार दिनभरि उक्त पालिकामा मतपत्र लिएर दलहरु बीच विवाद भएको थियो । तर सोमवार साँझ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पोडेलले पहल गरेपछि दलहरु मतपगणना गर्न तयार भएका थिए । यसअघि पनि कांग्रेसकै बद्री सिंह सो गाउँपालिकामा अध्यक्ष रहेका थिए ।































प्रतिक्रिया