धनुषाको नगराइन नगरपालिका-८ मा चुनाव हार जितको विषयमा विवाद हुँदा गोली चलेको छ । काँग्रेस र एमाले समर्थक दाजुभाईको बिचमा विवाद हुँदा गोली चलेको हो ।
झगडामा संलग्न ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीले बताए । क्षेत्रीले भने-‘घटनास्थलबाट २ वटा पेस्तोल बरामद गरेका छौं ।’ चुनाव हारतिजको विषमा राजिव पासवान, धर्मेन्द्र पासवान र श्रीनारायण पासवानको बीचमा विवाद भएको थियो । झगडा गर्नेहरु पारिवारिक सदस्य हुन् । उनीहरुले ३ वटा पेस्तोल प्रदर्शन गरेका थिए ।































प्रतिक्रिया