समाजवादीको विजय जुलुसमा एमालेको ढुंगामुढा

समाजवादीको विजय जुलुसमा एमालेको ढुंगामुढा

केन्द्रबिन्दु
0
Shares

बझाङको थलारा गाउँपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीको विजय जुलुसमा नेकपा एमालेका कार्यकर्ताले ढुंगामुढा गरेका छन् । सो गाउँपालिकाको वडा नम्बर-९ मा विजय जुलुस मनाउने क्रममा ढुंगामुढा भएको हो । घटनामा आठ जना घाइते भएका छन् ।

थलारा गाउँपालिकाको वडा नम्बर-९ को वडाध्यक्षमा एमालेलाई हराएर नेकपा एकीकृत समाजवादीले जितेको थियो । घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ । 

वडा नम्बर-९ मा एकीकृत समाजवादीका लोकेन्द्रबहादुर विष्ट विजयी हुँदा एमालेका एमालेका हिराप्रकाश भण्डारी पराजित भएका थिए । 

Skip This
Skip This
Logo