डिल्लीबजारको मतगणनामा बालेनभन्दा सिर्जना अगाडि

डिल्लीबजारको मतगणनामा बालेनभन्दा सिर्जना अगाडि

केन्द्रबिन्दु
0
Shares

काठमाडौंंको डिल्लीबजार क्षेत्रको मतगणनामा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले स्वतन्त्र उम्मेदवार बालेन्द्र साहलाई पछि पारेकी छन्। 

काठमाडौं महानगरपालिका- २९ मा पर्ने डिल्लीबजारको मत गणनाको सुरुवाती मतपरिणाममा उनले साहलाई १ मतले पछि पारेकी हुन्। डिल्लीबजारका विजय मेमोरियल र पद्मकन्या मतदान स्थलमा खसेका मतपत्रहरुको गणना भइरहेको छ। 

पहिलो १०० मतको गणना हुँदा सिर्जनाले ३३ मत पाएकी छन्। स्वतन्त्र उम्मेदवार शाहले ३२ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १० मत प्राप्त गरेका छन्। 

मतपरिणामअनुसार यहाँ महानगर उपप्रमुखकी एमाले उम्मेदवार सुनिता डंगोलले २१, नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १७ र स्वतन्त्रतर्फ लौरो चुनाव चिन्ह भएका उम्मेदवारले ४ मत प्राप्त गरेका छन्। राप्रपाका महानगर प्रमुखका उम्मेदवार मदनदास श्रेष्ठले १ मत पाउँदा उपप्रमुख उम्मेदवारले ११ मत पाएकी छन्।

Skip This
Skip This
Logo