रामगोपालपुरकाे मेयर-उपमेयरमा एमाले, वडामा माओवादी केन्द्रको बर्चस्व

रामगोपालपुरकाे मेयर-उपमेयरमा एमाले, वडामा माओवादी केन्द्रको बर्चस्व

केन्द्रबिन्दु
0
Shares

महोत्तरीको रामगोपालपुर नगरपालिकाको  प्रमुखमा  राम दुलार साह र उपप्रमुखमा रिनादेवी यादव  निर्वाचित भएका छन् ।  

नेकपा एमालेका तर्फबाट राम दुलार साहले ५३४० र रिनादेवीले ४२६३  मत ल्याएर विजयी भएका हुन् । साहका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादीका अशोक कुमार मण्डलले ३५८६ मत मात्र प्राप्त गरे भने उपमेयरमा नेपाली कांग्रेसकी  पुष्पा देवी कुशाहाले ४२६३ मत प्राप्त गरिन ।

जम्मा ९ वटा वडा रहेको यस नगरपालिकामा वडा अध्यक्षमा भने माओवादी केन्द्रले बहुमत ल्याएको छ । वडा न.१, २, ८ र ९ मा माओवादी केन्द्र, ३,४ र ७ नेकपा एमाले, वडा न.५ मा नेपाली कांग्रेस र वडा न.६ मा लोसपाले जित हासिल गरेको छ ।

 

Skip This
Skip This
Logo