काठमाडौं अपडेट: बालेन र स्थापीतबीच साढे ७ हजार मतको अन्तर

काठमाडौं अपडेट: बालेन र स्थापीतबीच साढे ७ हजार मतको अन्तर

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाको मेयरमा लगातार अग्रता बढाइरहेका स्वतन्त्र उम्मेदवार बालेन साहले पछिल्लो अवस्थामा पनि अगाडि नै छन्।

उनले पछिल्लो समय एकपछि अर्को गरी मतान्तर बढाइरहेका हुन्। पछिल्लो मतपरिणाम अनुसार बालेनले १५ हजार ७७५ मत पाएका छन्।

यस्तै दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ८ हजार २५३ मत ल्याएका छन्। बालेनले स्थापितसँग ७ हजार ५२२ मतको अग्रता लिएका छन्। तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ७ हजार ३४८ मत ल्याएकी छन्।

अहिले काठमाडौंको वडा नम्बर, ३, ४, ५, ६, २९, ३०, ३१, ३२ को मतगणना भइरहेको छ। अघिल्लो जस्तै यी वडामासमेत बालेनले अग्रता कायमै राखेका हुन्।

उपमेयरमा एमालेकी सुनिता डंगोलले १२ हजार १५७ मत ल्याएकी छन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३ हजार ६१४ मत पाएका छन् ।

Skip This
Skip This
Logo