थाहा नगरमा गठबन्धनका उम्मेदवार विजयी

थाहा नगरमा गठबन्धनका उम्मेदवार विजयी

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।

थाहाको मेयरमा नेकपा माओवादी केन्द्रका विष्णु विष्ट र उपमेयरमा नेपाली कांग्रेसका भरत गोपाली विजयी भएका हुन् । जम्मा २३ हजार ५६ मत खसेकोमा मेयरमा विष्णु विष्टले ९ हजार ७१९ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अच्युतम ढकालले ७ हजार ७७१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, उपमेयरमा कांग्रेसका भरत गोपालीले ८ हजार ६०७ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी कल्पना बलामीले ८ हजार ५२२ मत प्राप्त गरिन् । थाहामा माओवादीले ६ वटा, कांग्रेस र एमालेले ३/३ वटा वडामा विजय हासिल गरेका छन् ।

Logo