एमालेले उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टकाे गृहजिल्ला गुल्मीमा पनि नतिजा खस्काएकाे छ। अघिल्लो स्थानीय तहको निर्वाचनमा जिल्लाका १२ पालिकामा जित निकालेको एमाले अहिले तीन पालिकामा मात्र सीमित भएको छ ।
यसअघि एमालेले जितेका रेसुंगा नगरपालिका, मदाने, गुल्मी दरबार, कालीगण्डकी र ईस्मा गाउँपालिकामा गठबन्धनको बलमा कांग्रेसले जित्यो ।
रेसुंगा नगरपालिकामा कांग्रेसका जिल्ला सभापतिसमेत रहेका खिलध्वज पन्थी मेयर र उपमेयरमा पनि कांग्रेसकै अमृतादेवी कुँवरले जितिन् । मदानेमा कांग्रेसका महेन्द्र कुँवरले जित निकाले भने उपाध्यक्षमा एमालेबाट सरिता खड्काले बाजी मारिन् । गुल्मी दरबारमा कांग्रेसकै अध्यक्ष सरोज थापा र तारा थापाले उपाध्यक्षमा जित निकाले ।
२०७४ सालमा एउटा पालिका मात्र जितेको माओवादीले यसपटक भने ४ पालिकामा जित निकालेको छ। धुर्कोट, मालिका, चन्द्रकोट र रुरु गाउँपालिकामा माओवादीले जित निकालेको छ।
एमालेको प्रभाव क्षेत्र मानिएको रूरूक्षेत्र गाउँपालिका एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको पालिका हो। यहाँ पनि माओवादीले नै जित्यो। गठबन्धनको तर्फबाट माओवादी केन्द्रका युवा नेता यदु ज्ञवालीले एमालेका हिमाल श्रेष्ठलाई पराजित गरे।































प्रतिक्रिया