चन्द्रागिरिको प्रमुखमा कांग्रेसका गिरी र उपप्रमुखमा एमालेकी श्रेष्ठ विजयी

चन्द्रागिरिको प्रमुखमा कांग्रेसका गिरी र उपप्रमुखमा एमालेकी श्रेष्ठ विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको चन्द्रागिरि नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरी विजयी भएका छन् ।

नेकपा (एमाले)का उम्मेदवार उत्तमबहादुर राउतलाई पराजित गर्दै गठबन्धनका उम्मेदवार गिरी निर्वाचित भएका हुन्। विजयी गिरीले १५ हजार ४७५ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी राउतले १४ हजार ६५१ मत प्राप्त गरेका निर्वाचन अधिकृत सिर्जना थपलियाले जानकारी दिइन्।

विजयी गिरी यसअघि पनि सोही नगरपालिकाको प्रमुख थिए ।

उपप्रमुखमा नेकपा एमालेकी वसन्ती श्रेष्ठ निर्वाचित भएकी छिन्। विजयी श्रेष्ठले १५ हजार ५६४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका रोशन दानीले ४ हजार ४५९ मत प्राप्त गरे। उक्त नगरपालिकाको उपप्रमुखमा १० हजारभन्दा बढी मत बदर भएको थियो । 

Skip This
Skip This
Logo