पर्साको वीरगंज महानगरपालिकामा गठबन्धनका उम्मेदवारले एमालेभन्दा १० हजार ६७९ मतले अग्रता लिएका छन्।
पछिल्लो मतपरिणाम अनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंह २२ हजार १०१ मतसहित अगाडि छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सरावगीले ११ हजार ४२२ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले १५ हजार ८८९ मत प्राप्त गर्दा लोसपाका पुरुषोत्तमलाल झाले ३ हजार २५४ मत प्राप्त गरेका छन् ।































प्रतिक्रिया