स्थानीय तह निर्वाचनअन्तर्गत कैलालीको धनगढी पमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले करिब ११ हजार मतले अग्रता बनाएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५१ हजार ६५ मतगणना हुँदा हमालले १० हजार ९ सय ९७ मतले अग्रता लिएका हुन् ।उनले २२ हजार ५ सय ४१ मत पाएका छन् । उनलाई सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले ११ हजार ५ सय ४४ मत ल्याएर पछ्याइरहेका छन् ।
नेकपा एमालेका उमेदवार रणबहादुर चन्द ६ हजार ४२४ मतसहित तेस्रो स्थानमा छन् । त्यस्तै उपमहानगरको उपप्रमुखमा एमालेकी उमेदवार कन्दकला राना १० हजार ८ सय ८० मतसहित अगाडि छिन् । उनलाई सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) की शान्ति अधिकारीले १० हजार ७०२ मतसहित पछ्याइरहेकी छन् ।































प्रतिक्रिया