नागार्जुनको प्रमुखमा कांग्रेसका बस्नेत पुनः निर्वाचत

नागार्जुनको प्रमुखमा कांग्रेसका बस्नेत पुनः निर्वाचत

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको नागार्जुन नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

निवर्तमान मेयरसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले १० हजार १ सय ८६ मत ल्याएर पुनः मेयरमा निर्वाचित भएका हुन्।

उनले नेकपा एमालेका नन्दन हरि गौतमलाई १८०० मतान्तरले हराए । गौतमले ८ हजार ३६८ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवार ध्रुव प्रसाद खनालले २४६९ मत पाएका छन्।

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुशिला अधिकारीले ९४७४ मत ल्याएर विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी राप्रपाकी कल्पना नेपालीले २७५३ मत पाइन् । 

Skip This
Skip This
Logo