१२० पालिकाको प्रमुख तथा अध्यक्षमा माओवादीका उम्मेदवार विजयी

१२० पालिकाको प्रमुख तथा अध्यक्षमा माओवादीका उम्मेदवार विजयी

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र) ले १२० पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ। मतगणना सम्पन्न भएका ७०५ पालिकामध्ये १२० पालिकामा माओवादीले जित निकालेको हो। 

मतगणना सम्पन्न भएका पालिकामा नेपाली कांग्रेस र नेकपा एमालेपछि सबैभन्दा बढीमा माओवादीका उम्मेदवारले जितेका छन्। 

निर्वाचन आयोगका अनुसार हालसम्म मतगणना सम्पन्न भएका स्थानमा कांग्रेसले ३११ र एमालेले १९० पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन्। 

हाल मतगणना भइरहेका पालिकामध्ये दुई वटामा माओवादीका उम्मेदवारले अग्रता लिइरहेका छन्। आयोगले गत वैशाख ३० गते देशका ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो। 

Skip This
Skip This
Logo