भरतपुरमा २०७४ निर्वाचनमा मतपत्र च्यातिएको वडाको गणना, कसको कति मत ?

भरतपुरमा २०७४ निर्वाचनमा मतपत्र च्यातिएको वडाको गणना, कसको कति मत ?

केन्द्रबिन्दु
0
Shares

चितवनको भरतपुर महानगरपालिकामा भरतपुरमा २०७४ निर्वाचनमा मतपत्र च्यातिएको वडामा गणना हुँदै छ । हाल  वडा नम्बर १९ र २० को मतगणना जारी रहेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा भरतपुर १९ मा माओवादीका कार्यकर्ताले मतपत्र च्यातेका थिए । भरतपुरमा २०७४ जेठ १४ गते राति मतपत्र च्यातिएको थियो । 

तत्कालीन अवस्थामा मतपत्र च्यातेको आरोपमा द्रोण सिवाकोटी र मधु न्यौपाने पक्राउ परेका थिए । पछि जिल्ला अदालतले उनीहरुलाई जनही १ लाख धरौटी रकममा रिहा गरेको थियो भने यही प्रकरणले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को पुनः मतदान भएको थियो । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार रेनु दाहालले ३६ हजार ५३० मत पाउँदा एमालेका उम्मेदवार विजय सुवेदीले २८ हजार ६२३ मत र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ११५ मत पाएका छन् । उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले भारी मतका साथ अगाडि छन् । 

 

 

Skip This
Skip This
Logo