पाँचखालको मेयरमा कांग्रेसका महेश खरेलकाे अग्रता कायमै

पाँचखालको मेयरमा कांग्रेसका महेश खरेलकाे अग्रता कायमै

केन्द्रबिन्दु
0
Shares

काभ्रेको पाँचखाल नगरपालिकामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका महेश खरेलले अग्रता लिएका छन्। वडा नं १० सम्म सम्पन्न  मतगणना परिणामअनुसार उनले ११ हजार १५६ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का कञ्चन अधिकारीले ७ हजार ७८ मत प्राप्त गरेका छन्।

त्यस्तै उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का चेतप्रसाद गौतमले ७ हजार ८८८ मत प्राप्त गरेका छन् भने एमालेका सूर्यमाया दनुवारले ८ हजार १४७ मत प्राप्त गरेकी छिन् । यस अघि यहाँ गाैतमले अग्रता लिएका थिए । 

मतगणना सम्पन्न भएको वडामध्ये वडा नं १ माओवादी केन्द्रका जयबहादुर तामाङ, वडा नं २, ३, ४,७ र ८ मा कांग्रेसका क्रमशः रामेश्वर दाहाल, सुन्दर अधिकारी, सुन्दर तामाङ, रामकृष्ण दङ्गाल र सञ्जय तामाङ, वडा नं ५ मा एमालेका सीताराम ढुङ्गाना, वडा नं ६ मा नेकपा (एकीकृत समाजवादी)का रामशरण दुलाल, वडा नं ९ र १० मा एमालेका क्रमशः रामकाजी श्रेष्ठ र  नारायणप्रसाद सापकोटा विजयी भएका छन् । १३ वटा वडा रहेको पाँचखालमा ३ वडाको  मतगणना जारी छ।

यसैबीच जिल्लाको डाँडापारिस्थित महाभारत गाउँपालिकाको वडा नं ५ मा माओवादी केन्द्रका विजय राना मगर ५४४ मत प्राप्त गरि निर्वाचित भएका छन्। उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका कमलबहादुर वाइबाले ५४२ मत प्राप्त गरे। सो वडामा पुनः मतगणना गरिएको थियो। 

Skip This
Skip This
Logo