भरतपुरमा रेनुभन्दा १० हजार मतले पछि परे सुवेदी

भरतपुरमा रेनुभन्दा १० हजार मतले पछि परे सुवेदी

केन्द्रबिन्दु
0
Shares

चितवनको भरतपुर महानगरपालिकामा माओवादीक केन्द्रकी रेनु दाहालको मतान्तर फराकिलो हुँदै गएको छ । 

सोमबार विहानको मत परिणाम अनुसार नेकपा एमालेका प्रमुख उम्मेदवार विजय सुवेदी सत्ता गठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी दाहाल भन्दा करिब १० हजार मतले पछि परेका छन् । 

एक लाख ८ हजार ४५ मत गणना हुँदा दाहालले ४३ हजार चार सय ८४ मत ल्याएकी छन् । सुवेदीले अहिलेसम्म ३३ हजार छ सय १२ मत ल्याएका छन् ।रेनु र विजयबीच नौ हजार आठ सय ७२ मतको फरक छ । मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको भने १३ हजार ३३० मत छ ।

उपमेयरमा पनि सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी अगाडि छन् । उनले ४४ हजार आठ सय २८ मत ल्याउँदा एमाले-राप्रपा गठबन्धनबाट राप्रपा उम्मेदवार हिमला गुरुङले २६ हजार छ सय १५ मत पाएकी छन् ।

Skip This
Skip This
Logo