गत वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनको अब २७ पालिकाको नतिजा आउन बाँकी छ ।
निर्वाचन आयोगका अनुसार कुल ७५३ स्थानीय तहमध्ये हालसम्म ७२६ तहको अन्तिम नतिजा घोषणा भएको छ । अब २७ स्थानीय तहको नतिजा घोषणा हुन बाँकी रहेको हो । २७ स्थानीय तहमध्ये अधिकांशको मतगणना अन्तिम चरणमा पुगेको छ ।
काठमाडौं र ललितपुरबाहेक भरतपुर, पोखरा र वीरगन्जको पनि मतगणना अन्तिम चरणमा पुगेको छ । हालसम्मको नतिजाअनुसार सबैभन्दा बढी स्थानीय तह जितेर काँग्रेस पहिलो पार्टी बन्दा नेकापा एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो बनेको छ ।
यस्तै जसपा चौथो दल बन्दा एकीकृत समाजवादी पार्टी पाँचौं स्थानमा पुगेको छ । आयोगले १० गतेभित्र सबै तहको नतिजा सकिसक्न पुनः निर्देशन दिएको छ । यसअघि आयोगले जेठ ५ गते नै निर्वाचनको मतगणना सक्ने लक्ष्य लिएको थियो ।





























प्रतिक्रिया