काठमाडौं महानगर : आफ्नै वडामा बालेनले कति मत ल्याए ?

काठमाडौं महानगर : आफ्नै वडामा बालेनले कति मत ल्याए ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाको वडा नम्बर ९ मा स्वतन्त्र उम्मेदवार बालेन साह अन्य प्रतिस्पर्धीभन्दा निकै अगाडि देखिएका छन् । यो बालेनकै मतदाता नामावली भएको वडा हो ।

बालेनको घर काठमाडौं वडा नंबर ९ गैरीगाउँमा रहेको छ । हालसम्म वडा नंबर ९ मा ७ हजार ४६९ वटा मतगणना भइसक्दा बालेनले ३ हजार ३१८ मत ल्याएर लिड गरिरहेका छन् । 

भने दोस्रोमा कांग्रेस उम्मेदवार सिर्जना सिंहको १ हजार ३८२ भोट आएको छ । यस्तै तेस्रोमा एमालेका उम्मेदवार केशव स्थापितले यस वडाबाट १ हजार १२० भोट मात्र ल्याएका छन् ।
यो वडाको मतगणना सकिनै लागेको छ । हालसम्म काठमाडौंका २० वडाको मतगणना सकिँदा बालेन अन्य प्रतिस्पर्धीहरुभन्दा १८ हजार बढी मतले अगाडि छन् ।

 

Logo