ललितपुर महानगर : हरिकृष्ण भन्दा चिरीबाबु १५ हजार १७० मतले अगाडि

ललितपुर महानगर : हरिकृष्ण भन्दा चिरीबाबु १५ हजार १७० मतले अगाडि

केन्द्रबिन्दु
0
Shares

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले आफ्नो अग्रता कायम राखेका छन् । हरिकृष्ण व्यञ्जनकार भन्दा चिरीबाबु १५ हजार १७० मतले अघि छन् ।

पछिल्लो मत परिणाम अनुसार उनले ३६ हजार ९३८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले २१ हजार ७६८ मत ल्याएका छन्। 

उपमेयरमा नेकपा एमालेकी मन्जली शाक्य बज्राचार्य सबैभन्दा अगाडि छिन्। उनले २१ हजार ७०८ मत ल्याएकी छिन् भने हालसम्म नेकपा माओवादी केन्द्रका बाबुराम बज्राचार्यले १५ हजार ८३९ मत प्राप्त गरेका छन्। राप्रपाकी स्वर्णिमा शाक्यले हालसम्म ६ हजार  ४४ मत प्राप्त गरेकी छिन्। 
ललितपुर महानगरपालिकामा ८५ हजार ८६१ मत खसेको थियो ।

 

Skip This
Skip This
Logo