काठमाडौं महानगर : मतगणना अन्तिम चरणमा बालेनको मत ५९ हजार कट्यो

काठमाडौं महानगर : मतगणना अन्तिम चरणमा बालेनको मत ५९ हजार कट्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ।

निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले सार्वजनिक गरेको पछिल्लो परिणाम अनुसार १ लाख ८३ हजार ६ सय ७९ मत गणना भइसकेको छ। अब तीन वडाको मात्रै मत गणना हुन बाँकी छ। पछिल्लो परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ५९ हजार १ सय ४९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सिर्जना सिंहले ३७ हजार ५ सय ४२ मत प्राप्त गरेकी छन् ।

यसै गरी एमाले उम्मेदवार केशव स्थापितले ३७ हजार २ सय १८ मत पाएका छन् । उपमेयर तर्फ एमाले उम्मेदवार सुनिता डंगोलले ६६ हजार ८ सय ७८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले २३ हजार ३१ मत पाएका छन् । काठमाडौं महानगरमा १ लाख ९१ हजार १ सय ८६ मत खसेको थियो ।

Skip This
Skip This
Logo