चलचित्रभन्दा ‘रियालटी शो’मा चर्चा कमाएकी रिमा विश्वकर्मा

चलचित्रभन्दा ‘रियालटी शो’मा चर्चा कमाएकी रिमा विश्वकर्मा


नेपाली चलचित्र जगतकी चर्चित सेलिब्रेटी हुन्, रिमा विश्वकर्मा । उनी अभिनेत्रीभन्दा पिन मोडल, भिजे र टेलिभिजन प्रस्तोताका रूपमा बढी चिनिन्छन् । 

२०४६ साउन २१ गते बर्दियाको गुलरियामा जन्मिएकी रिमा ६ वा ७ कक्षामा पढ्दै गर्दा नेपाली टेलिशृंखला ‘जाँदा जाँदै’लाईमा अभिनय गरेकी थिइन्, जुन उनको पर्दामा देखिने सपनालाई साकार बनाउने पहिलो खुड्किलो थियो ।  उनले चलचित्र ‘स्वर’बाट फिल्मी करिअर सुरु गरेकी थिइन् । यो चलचित्र सन् २०११ मा रिलिज भएको थियो । नेपाल आइडलको होष्टपछि त झन् उनको चर्चा चुलिएको थियो ।

उनको सन् २०१५ मा रोवर्ट विश्वकर्मासँग विवाहसमेत भएको थियो । तर, दुई वर्षभित्रै नै उनीहरुबीच आपसी समझदारीको दुरी बढ्यो र अन्ततः डिभोर्स गरे ।

थोरै फिल्ममा काम गरेकी रिमालाई रियालिटी शोमै रमाउन मन लागिरहेको छ । अभिनयमा पनि कम छैनन् तर उनले बढी चर्चा रियालटी शोबाट पाउने गरेकी छन् ।

‘बाटो मुनीको फूल २, गर्ल, ऋतु, भाले फाईट, स्केप, हिजो आजका कुरा’लगायत चलचित्रमा उनले अभिनय गरिसकेकी छन् । पछिल्लो समय उनले हास्यप्रधान कमेडी च्याम्पियनको होष्ट गरेकी थिइन् । थोरै फिल्ममा काम गरेकी रिमालाई रियालिटी शोमै रमाउन मन लागिरहेको छ । अभिनयमा पनि कम छैनन् तर उनले बढी चर्चा रियालटी शोबाट पाउने गरेकी छन् ।

शारीरिक रूपमा पनि निकै फिट सेलेब्रेटी मानिने उनको फिटनेसको राज पनि छुट्टै छ ।

लामो समयदेखि काठमाडौँ बस्दै आइरहेकी रिमाले मोडलिङ लगायत अन्य विधामा आफूलाई व्यस्त राख्दै आइरहेकी छिन् । शारीरिक रूपमा पनि निकै फिट सेलेब्रेटी मानिने उनको फिटनेसको राज पनि छुट्टै छ । पहिले जुम्बा नृत्य गर्ने उनी हाल बिहान उठेर करिब दुई घन्टा जिम गर्ने बताउँछिन् ।

Logo