‘संविधानको रक्षाका लागि फेरि शक्तिशाली आन्दोलन गर्नु पर्छ’ : प्रचण्ड

‘संविधानको रक्षाका लागि फेरि शक्तिशाली आन्दोलन गर्नु पर्छ’ : प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

संविधान र लोकतन्त्रको रक्षाका लागि फेरि संषर्घ गर्नु पर्ने आवश्यकता आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । 

सर्लाहीको हरिपुर नगरपालिका–१ हजारबिघामा बिहीवार आयोजना गरिएको नेकपाका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेको सरकार प्रतिगमनकारी बनेको आरोप लगाए । संविधानको रक्षक नै भक्षक बनेपछि देशमा आन्दोलन गर्नुपर्ने आवश्यकता भएको उनले बताए। 

‘केपी ओलीको सरकार प्रतिगमनतर्फ उन्मुख बनेको छ। जनताको हक अधिकार कुण्ठित गर्ने काम गरेको छ’, प्रचण्डले भने, ‘संविधानलाई लत्याएर निरकुंशता ल्याउने दाउमा अहिलेको सरकार लागेको छ। लाखौं जनताको रगत पसिनाबाट ल्याइएको लोकतन्त्र र गणतन्त्र खतरामा परेको छ। रक्षक नै भक्षक बनेपछि के भन्ने ?’ 

केपी ओली प्रवृतिलाई परास्त गर्दै संविधान, लोकतन्त्र र गणतन्त्रको जीत सुनिश्चित गर्न पहिलाको भन्दा थप दृढ्ता र संकल्पका साथ कयौं गुण बढी आन्दोलन गर्नु पर्ने आवश्यकता भएको उनको भनाइ छ। ‘अहिलेको समस्या सबै नेपालीको समस्या हो। यसको विरोध गर्नु सबैको सझा उद्देश्य पनि हो’, उनले भने, ‘त्यसैले सबै मिली अहिलको परिस्थितिलाई परास्त गर्नु पर्छ।’ 

संविधानमा अझै केही कुरा नपुगेको भन्ने मध्ये एक आफू पनि रहेको प्रचण्डले बताए । ‘दोस्रो पटक प्रधानमन्त्री हुँदा संसदभित्र संविधान संशोधनका प्रस्ताव दर्तासमेत गराएको छु। अहिलेको संविधानको राम्रो पक्षको रक्षा गर्दै अपुग रहेका कुरा परिमार्जन गर्न जरुरी छ’, उनले भने, ‘मधेसी, आदिवासी जनजाती, महिला, दलित तथा अल्पसंख्यक समुदायको हक अधिकारको रक्षा गर्दै थप उपलब्धिका लागि अगाडि बढ्नुको कुनै विकल्प छैन्।’ 

अर्का अध्यक्ष माधवकुमार नेपालले मिटर ब्याजी र घुसखोरलाई परास्त गर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। गरिब, महिला र दलितमाथि दमन र अत्याचार गर्ने कम्यूनिस्ट हुँदैन् । यदि पार्टी भित्र कुनै यस्ता प्रवृतिका मानिसहरु छन् भने त्यस्तालाई सुधार गर्न निर्देशन दिए। 

मायाप्रिती गाँस्ने, उनीहरुको पैसामा मौज गर्ने काम गर्नु भएको छ भने गल्ती स्वीकार अहिले नै गरेर सही बाटोमा लाग्न उनले निर्देशन दिए । भोलि छानबिनमा यस्तो प्रवृति फेला पर्यो भने पार्टीले कारबाही गर्ने नेपालले बताए।अन्नपूर्णबाट

Logo