गोंगबुमा एक पुरुषलाई आफ्नो कोठामा डाकेर क्रूरतापूर्वक हत्या गरेको अभियोगमा मुद्दा चलाइएकी चितवनकी कल्पना मुडभरी पौडेललाई आजीवन कारावासको फैसला भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले बुधबार उक्त ठहर गरेको हो । टोखा नगरपालिका–१० गोंगबु स्वर्गद्वारी टोलमा साउन २५ गते दाङका कृष्णबहादुर बोहराको हत्या अभियोगमा ३७ वर्षीया मुडभरी र उनकी छोरीविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर भएको थियो । अदालतले मुडभरीकी नाबालिका छोरीलाई भने निर्दोष ठहर गरेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी अनुसन्धान अनुरूप मुलुकी अपराध संहिता २०७४ को दफा १७७ (२) बमोजिम जघन्य अपराध रहेको दाबीसहित मुडभरीलाई आजीवन कारावासको मागसहित मुद्दा दायर भएको थियो । उनकी छोरीलाई भने हत्या प्रकरणमा मतियारको आरोप थियो । मुडभरीलाई अदालतले यसअघि पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
उनीविरुद्ध बोहरालाई पाहुनाका रूपमा कोठामा डाकी दहीमा विषादी मिसाएर खुवाएको, बेहोस भएपछि गुप्तांगमा ह्याम्मर प्रहार गरेको, शरीरका अंग खुकुरीले काटेको तथा लगेजमा पोको पारेर सडकमा फालेर फरार भएको प्रहरीको दाबी थियो ।अन्नपूर्णबाट































प्रतिक्रिया