‘सत्तामा भएका यथास्थितिवादीलाई प्रचण्ड नामै मन पर्दैन’ : प्रचण्ड

‘सत्तामा भएका यथास्थितिवादीलाई प्रचण्ड नामै मन पर्दैन’ : प्रचण्ड


नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थितिवादी र पराम्परावादीलाई प्रचण्ड नाम नै मन नपर्ने बताएका छन्। नाम नै मन नपर्नेलाई प्रचण्डका काम मन पर्ने कुरै नहुने उनको भनाइ छ।

प्रकाश विकल्पद्वारा लिखित पुस्तक ‘समृद्धिको रोडम्याप’ को शनिबार विमोचन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन्।

‘यथास्थितिवादी, परम्परावादी र लामो समय राज्य सञ्चालनको जिम्मा लिएकालाई प्रचण्ड नाम त्यति मन पर्दैन, काम पनि मन पर्दैन’, उनले भने, ‘उनीहरुले कहीं न कहीं टिप्पणी गरिराखेका हुन्छन्। मैले त्यसलाई अनौठो र अस्वाभाविक मानेको छैन तर मलाई मेरो आफ्नै वर्गले उचित ढंगले चिने कि चिनेन, मैले जसको हकअधिकार र पहिचानको लागि लडाइँ लडेँ, ती समुदाय, मजदुर किसान, दलित, मधेसी आदिवासी जनजाति, मस्लिम र महिलाहरुले उचित ढंगले चिने कि चिनेनन् भन्ने बढी चिन्ताको विषय हो।’

नेता प्रचण्डले विरोधीले आफूलाई गालीगलौज, आलोचना मात्रै गरे पनि एकथरीले मार्न नै खोजे पनि आफू अहिलेसम्म बाँचिरहेको र जनताले आफूलाई बचाएको जिकिर गरे।

‘जनताले माया नगरेको भए म बाँच्नेवाला मान्छे त होइन’, उनले भने, ‘अहिले पनि आफूलाई प्रक्रियागत रुपमा सिध्याउने प्रयास भइरहेका छन्।’

प्रचण्डले आफू दुईपटक प्रधानमन्त्री भइसकेकाले अहिले आफ्नो लडाइँ प्रधानमन्त्री पदको लागि नभएको दोहोर्‍याए। ‘अब प्रम बन्ने हतारो छैन’, उनले भने, ‘मेरो लडाइँ प्रधानमन्त्री बन्नको लागि होइन।’अन्नपूर्णबाट

Logo