कोरोनाले भक्तपुरमा थप एक जनाको मृत्यु, जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या १२८

कोरोनाले भक्तपुरमा थप एक जनाको मृत्यु, जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या १२८

केन्द्रबिन्दु
0
Shares

भक्तपुरमा कोरोना भाइरसका कारण थप एकजनाको मृत्यु भएको छ। यहाँ कोरोना भाइरस संक्रमणका कारण करिब एक महिनापछि पहिलो मृत्यु भएको हो।

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार बिहीबार मध्यपुर थिमि नपाका एकजना पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको थियो। यससँगै भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण मर्नेको संख्या १ सय २८ पुगेको छ। भक्तपुरमा ८३ पुरुष र ४५ महिलाको संक्रमणको कारण मृत्यु भएको छ।

भक्तपुरका चार नगरपालिकामध्ये सबैभन्दा बढी भक्तपुर नपाका ४५ जना संक्रमितको मृत्यु भएको छ। यहाँका २९ पुरुष र १६ महिलाले कोरोनाको कारण ज्यान गुमाएका छन्।

मध्यपुर थिमि नपाका २८ पुरुष र १४ महिला गरी ४२ जना संक्रमितको मृत्यु भएको छ। सूर्यविनायक नपाका १८ पुरुष र १३ महिला गरी ३१ ले संक्रमणको कारण ज्यान गुमाउँदा चाँगुनारायण नपाका ८ पुरुष र २ महिला गरी १० जनाको मृत्यु भएको छ।

संक्रमित संख्या ९ हजार ६ सय ४१

हालसम्म भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या ९ हजार ६ सय ४१ जना पुगेका छ। जसमा पुरुष ५ हजार ४ सय ३४ र महिला ४ हजार २ सय ७ जना रहेका छन्। कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा आए पनि भक्तपुरमा नयाँ संक्रमित थपिने क्रम रोकिएको छैन।

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमिमा ३ हजार ५ सय ५१ जना संक्रमित रहेका छन्। जसअनुसार यहाँ एक हजार ९ सय ६३ पुरुष र एकहजार ५ सय ८८ महिला रहेका छन्।

सूर्यविनायक नपामा एकहजार ७ सय ८३ पुरुष र एक हजार ३ सय २६ महिला गरी ३ हजार एकसय ९ जना संक्रमित रहेका छन्। भक्तपुर नपामा ९ सय ५८ पुरुष र ८ सय ४९ महिला गरी एकहजार ८ सय ७ संक्रमित पुगेको स्वास्थ्य कार्यालयको तथ्यांक रहेको छ।अन्नपूर्णबाट

Skip This
Skip This
Logo