नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष केपी ओलीसँग आत्मसमर्पण नगर्ने बताएका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा सहभागी भएपछि ओलीसँग मिलेको आरोप खेपेका गौतमले ओलीको कार्यशैली गलत भएको भन्दै उनका अगाडि आत्मसमर्पण नगरेको र अब पनि नगर्ने बताएका हुन्।
‘केपी ओली एमाले अध्यक्ष हुनुहुन्छ। त्यसलाई समूह भन्न मिल्दैन’, गौतमको भनाइ उद्धृत गर्दै उनका सहयोगी विश्वमणि सुवेदीले भने, ‘तर उहाँको कार्यशैली गलत छ। उहाँका अगाडि मैले आत्मसमर्पण गरेको छैन। गर्ने पनि छैन।
एमाले उपाध्यक्ष एवम् पार्टी एकता राष्ट्रिय अभियानका संयोजक गौतमले फागुन २८ गतेको बालुवाटार बैठक केन्द्रीय कमिटी नभएको समेत बताएका छन् । उक्त बैठक केन्द्रीय कमिटी नभएकाले निर्णय फिर्ता हुनुपर्ने उनको भनाइ छ ।
‘फागुन २८ को बैठक केन्द्रीय कमिटीको थिएन। त्यसले गरेका निर्णय फिर्ता लिनै पर्छ’, उनले भनेका छन् ।
नेता गौतमले पार्टीका नेतालाई कुनै कारबाही हुनु नहुने बताएका छन्। उनले भनेका छन्, ‘पार्टी भित्र रहेका कमरेडहरुलाई उहाँहरुको अनुपस्थितिमा कुनै कारवाही गर्न मिल्दैन ।’
नेता गौतमले आफू पार्टी एकता अभियानमा रहेको र उद्देश्य पूरा नहुँदासम्म यो अभियानलाई जारी राख्नेसमेत प्रष्ट पारेका छन्।अन्नपूर्णबाट





























प्रतिक्रिया